मेनपावर ब्यबसायलाइ दर्बिलो र गर्विलो बनाउने सुबर्णका यस्ता छन योजना



वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विद्यमान समस्याहरुलाई नीतिगत रुपमै समाधान गर्ने प्रतिवद्धतासहित जुझारु तवरले बैदेशिक रोजगारलाइ ब्यबस्थित गर्न अहोरात्र लागिपरेकी सुवर्ण श्रेष्ठले ३० गते हुने महाधिबेशनमा द्धितिय उपाध्यक्षको उम्मेद्वारी दिएकी छिन। ब्यबसयालाई गर्ब गर्न लाएक बनाउन उनको उम्मेदवारी परेको हो। जुझारु महिलाका रुपमा चिनिएको हक्की स्वभावकी उनले रोहन गुरुङ सयुक्त व्यवसायिक समूह बाट उक्त पदमा उम्मेद्वारी दिएकि हुन्।

संघको पूर्व सचिवको परिचयमा बाधीसकिएकि उनले त्यो बेला पनि कुशल नेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । विवाद रहित तवरले सबैलाई मिलेर लैजान सक्ने खुबीकी धनी उनि मदिना इन्टरनेशनल प्रालिको संचालिका हुन्। बैदेशिक रोजगारका क्षेत्रमा उनको गहकिलो अनुभब छ,कमै उमेर देखि उनले त्यसको नेतृत्व गर्नुले पनि थप पुस्टि गरेको छ।

 

रोहन गुरुङ सयुक्त व्यवसायीक समूहबाट द्धितिय उपाध्यक्ष पदकी उम्मेदवार श्रेष्ठले यसअघि संघको कार्यसमितिमा सदस्यहुँदै सचिवको जिम्मेवारी सफलताकापूर्वक निर्वाह गरिसकेकी छिन् । ‘मैले हिजो संघमा रहँदा या बाहिरै रहँदा पनि जे–जति काम गरेँ त्यसप्रतिको विश्वासले धेरै व्यवसायी तथा अग्रजहरुले मलाई संघमा फेरी आउनुपर्छ भन्ने हौसला दिनुभयो’ श्रेष्ठ भन्छिन्–‘आम व्यवसायीको मप्रतिको विश्वास प्रमाणित गर्न र हिजो गर्न नसकेका अधुरा काम पुरा गर्न नै यसपटक मैले पुनः संघ कार्यसमितिमा उम्मेदवारी दिएको छु ।’ हुन् पनि त्यो क्षेत्रमा उनि जति लागि परेर काम गर्नेहरु कमै छन।

 

उनले आफ्नो उम्मेदवारीको औचित्यबारे पनि प्रष्ट पार्दै केही मूलभुत विषयवस्तुप्रति आफ्नो मुख्य जोड रहने प्रतिवद्धता जनाएकी छिन् । अहिले पनि वैदेशिक रोजगार ब्यबसायलाई हेयका दृष्टिले हेर्ने गरिएकाले यो परिपार्टीको अन्त्य गर्दै यसलाई गर्विलो व्यबसायको रुपमा स्थापित गर्न आफु जोडदाररुपमा लाग्ने श्रेष्ठ बताउँछिन् । वैदेशिक रोजगार व्यवसायमा दैनिक कार्यसम्पादनदेखि ऐन कानुनसम्मका समस्याले व्यवसायीहरुले सधै पीडा भोग्नुपरेको भन्दै श्रेष्ठ भन्छिन– ‘ऐनले नसमेटेसम्म हामीले जति बोलेपनि केहि हुन्न त्यसैले अहिले संशोधनको प्रक्रियामा रहेको ऐनको प्रस्तावित मस्यौदामा जतिसक्दो धेरै व्यवसायी तथा कामदारका भावना समेटेर नीतिगतरुपमै हाम्रा समस्या तथा चुनौतीको समाधानका लागि मेरो विशेष जोड रहनेछ ।’ व्यवसायी र कामदारबीच सोझो सम्पर्कको अवस्था बन्न नसकेका कारण पनि वैदेशिक रोजगारीको क्षेत्रमा धेरै समस्या उत्पन्न भएको श्रेष्ठको भनाई छ । बैदेशिक रोजगारलाई मर्यादित बनाउन उनको बिशेष पहल रहेको बताउदै उनको विकल्प नभएको स्वयम् ब्यबसायीहरु नै बताउछन।

कामदार सीधै मेनपावरमा आइपुग्ने वातावरण बनाएर व्यवसायीसँगै उनीहरुको पनि जिम्मेवारी र कर्तव्यलाई ऐनमा व्यवस्थापन गर्न सके यस क्षेत्रमा उत्पन्न आधाभन्दा बढि समस्या स्वत समाधान हुन्छ ।’ यसका साथै राहदानी लिनुपूर्व नै अभिमूखीकरण तालिमको व्यवस्था, गन्तव्य मुलुक प्रवद्र्धनका लागि जब फेयर, एजेन्ट ब्यबस्थापन, विभिन्न निकायसँग समन्वय गरि सीप बिकास तालिमको व्यवस्था तथा वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा रहेका महिला व्यवसायीहरुको सशक्तिकरण पनि आफ्नो प्राथमिकतामा रहेको श्रेष्ठले बताइन् । संघमा यसअघि जति नेतृत्व आए पनि वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा संस्थागत बनाउने काममा केहि पनि काम गर्न नसकेको रोष प्रकट गर्दै श्रेष्ठले भनिन्– ‘यसअघिका नेतृत्वले आम व्यवसायीलाई कुनै काम गर्छन् भनेर विश्वास दिलाउन सकेनन् अब हाम्रो समूहले व्यवसायीमाझ आफ्नै लागि संघ छ भन्ने आभाष दिलाउने छ ।’राज्य संग कुन सन्धर्भमा कसरि प्रस्तुत हुने के रणनिती निर्माण गर्दा सहज हुन्छ भन्ने जस्ता कुटनितिक पहल गर्ने कला छ उनमा,हो बैदेशिक रोजगारलाइ सर्बब्यापी बनाउन सुबर्ण जस्ता अभियन्ताको खाचो छ।

 

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले

एसईईको नतिजा सार्वजनिक

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई)

नेपालमा सङ्घीयता किन चाहियो ?

  अनिता श्रेण्ठ नेपालमा अहिले सङ्घीयता ठिक कि बेठिक भन्ने बहस चोकचोकमा र