मतदान केन्द्रमा मर्ने देखि मार्ने सम्मको प्रयास, दिनभर कहाँ के के भयो ?



काठमाडौँ / पहिलो चरणको निर्वाचको तुलनामा दोश्रो चरणको निर्वाचन अझ बढी शान्त रह्यो,तथापी ठुला घटना हुन् पाएनन । तर केही ठाउँमा छिटपुट घटना भएका छन्।

६० वर्ष भन्दा माथिका मतदाता मतदान स्थलमा जान नसके ईछ्याएको व्यक्तिलाई मतदान गर्न लगाउन सक्ने विषयमा भएको सहमतीलाई लिएर झडप भएपछि केहि बेर बझाङमा हङ्गामा मच्चियो। छिटपुट घटनामध्ये बझाङको चैनपुर नगरपालिकाको पडेंसस्थित मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा ऐमालेका कार्यकर्ताबीच झडप भएको छ।

उता इलाममा रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको केहीबेर अघी मात्र  मृत्यु भएको छ ।

मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भृकुटी माविको मतदान केन्द्रनजिकै पनि बम विस्फोट भयो। महेन्द्रनगरको स्थानीय खुलामञ्चको शौचालयमा अज्ञात समूहले बम विस्फोट गराएको हो। विष्फोटबाट भवनमा क्षति पुगेपनि मानवीय क्षति भने भएको छैन।

दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित प्रावि आधारभुत विद्यालय मतदान केन्द्रका पनि सुतली बम विष्फोट भएको छ।

मतदान केन्द्र भन्दा केही टाढा भएको बम विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन्। विष्फोटबाट कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।

इलामको इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ। विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन।

बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बम विस्फोट भए पनि स्थिति सामान्य बनेको र सो केन्द्रमा पुनः मतदान सुरु भईसकेको छ।

रोल्पा १० भनभनेको मतदान केन्द्रमा मतपेटिकामा आगो लागेपछि मतदान कार्य स्थगित भएको छ। मतदान गर्न गएका व्यक्तिले मतपेटिकामा केमिकल मिसाएर आगजनी गरेका हुन्। आगलागिपछि हाल त्यहाँको मतदान स्थगित भएको छ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो। मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ।

मतदाताले ज्वलनशील पदार्थ बोकेको र मतदान गरिसकेपछि छोडेर हिँडेको प्रहरीको पूर्वानुमान छ। यससम्बन्धी विस्तृत जानकारी आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी, मतदानको लागि लाइनमा उभिरहेको अवस्थामा दुईजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा र झापा जिल्लाका छन्। पाल्पा, बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ। दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो।

यसअघि बुधबारै मतदान गर्न लाइनमा बसेकै अवस्थामा दमक नगरपालिकाको वडा नम्बर १४ का ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको थियो। दमक नगरपालिका निवासी भण्डारीको सरस्वती मावि मतदान केन्द्रमा गएका बेला मृत्यु भएको हो। झापा जिल्ला प्रहरीका एसपी शैलेश थापा क्षेत्रीका अनुसार भण्डारी बिरामी थिए। र, उनी बिरामी अवस्थामै मतदान गर्न गएका थिए।
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-६ तिङ्लाका बासिन्दाले आजको मतदानमा भाग लिएनन्। साविकको तिङ्ला गाविसका सबै मतदाताले सीमांकनप्रति असन्तुष्टि जनाउँदै मतदान बहिष्कार गरेका हुन्।तिङ्लाका २ हजार ४ सय ७६ मतदातामध्ये एकै जना पनि मत दिन गएनन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय