राजपाको आठ जिल्लामा रोष,बन्द गर्ने राजपा बिरुद्व जनताको आक्रोश



हाम्रो इकोनोमि

 जनकपुरधाम । संविधान संशोधन नभएसम्म मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिदै दोहोरो भूमिकामा बधिएको राष्ट्रिय जनता पार्टीको विरोध मधेसका आठ जिल्लामा मात्र सिमित भई अन्य तीनवटा प्रदेशहरुमा निर्वाध रुपमा मतदान भईरहेको छ । प्रदेश नं.१,५ र ७ का ३५ जिल्लाहरुमा केही हिंसात्मक गतिविधि बाहेक मतदान उत्साह पूर्वक रुपमा भईरहंदा राजपाले निर्वाचनको विरोधमा बुधबार मधेस बन्दको आह्वान गरेको हो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको अवस्थामा दोस्रो चरणको निर्वाचनलाई मधेसका आठ जिल्लामा मात्र तेस्रो चरणमा सारिएको अवस्थामा राजपाले चुनावनै नभईरहेको ठाउँहरुमा औचित्यहीन रुपमा बन्दी गर्दा स्थानीयवासीहरुमा आक्रोश उत्पन्न भएको छ ।

राजपालाई चुनावमा सहभागि गराउने उद्देश्यले तेस्रो चरणमा निर्वाचन सारिएपनि समर्थनमै रहेका जनतालाई पटकपटक दुःख दिन बन्द आह्वान गरिने गरिएको आरोप सर्वसाधारणले सामाजिक सञ्जालमा टिक्काटिप्पणी गरेर पोखेका छन् । सामाजिक सञ्जालमा अत्याधिक मात्रामा बन्दको औचित्य र आवश्यकता विषयमा राजपा नेताहरुसंग प्रश्न गरिएको छ भने कतिपयले त आक्रोशित हुंदै राजपाका बन्दकर्ताहरुलाई गाली समेत गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एकातर्फ राजपा कार्यकर्ताहरु स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवारी दिने र अर्को तर्फ जनतालाई मुर्ख बनाउन बन्द आह्वान गरेको भनि आक्रोश पोखेका छन् । जनतालाई दुःख दिन अनाहक रुपमा बन्द आह्वान गरिएको आरोप समेत लगाईएको छ ।

राजपाले आह्वान गरेको बन्दले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरीमा जनजीवन मात्र प्रभावित भएको छ । बन्द आह्वानकर्ताले बुधबार विहानैदेखी जनकपुरको प्रमुख प्रवेशद्धार रामानन्द चोक लगायत विभिन्न स्थानहरुमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् । हड्तालक कारण यस क्षेत्रको यातायात, करकारखाना, उद्योग, विद्यालय बन्द भएको हो । सरकारी कार्यालयहरुमा पनि बन्दका कारण सेवाग्राहीहरुको चाप कमै देखिएको छ । मनिका झा

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...