मतदान गर्दा गर्दै भट्टराई र भण्डारीको मृत्यु



काठमाडौँ । झापामा मतदान गर्न लाइनमा बसेका मतदाताको मृत्यु भएको छ । । मतदान गर्न लाइनमा बसेका दमक नगरपालिका ९ का ८२ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।

यस्तै पाल्पामा मतदान  गर्न लाइनमा बसेका अर्का वृद्धको पनि मृत्यु भएको छ  । जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाका ८४ वर्षीय चन्द्रकान्त भट्टराईको मृत्यु भएको हो ।

स्थानीय अरनिको आधारभूत विद्यालयमा मतदान गर्न लाइनमा बसेका भट्टराईको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । उनको शवलाई विद्यालय नजिकै मन्दिरमा राखिएको छ । भट्टराईका छोरीहरु बिहे भएर गइसकेका र अहिले उनी पत्नीसँग बस्दै आएका थिए । उनका छोरा छैनन् । मतदान कार्य केही समय प्रभावित भए पनि पछि सुचारु गरिएको स्थानीय रीता पराजुलीले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ