एमालेको पापाले पाल्पामा जाम,कांग्रेसले बाड्यो झापामा खाम



काठमाडौँ/  आज १२ बजे बाट मौन अबधी सुरु हुदैछ,यो बिचमा मतदाता प्रभावित पार्न अनेक जुक्ती लगाउन दलहरु जाग्रामनै बस्छन । तर त्यो भन्दा पहिला नै पाल्पा र झापामा त्यसको प्रभाब परिसकेको छ।
पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो ।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ । गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरले गाडी सहितका सामानहरु आफ्नो नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको जनाएको छ । नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले कार्यकर्ताहरु गएको गाडी र सामानहरु बाड्न लगिएको थियो की व्यक्तिगत प्रयोजनका लागि लगिएको थियो भन्ने बारेमा अनुसन्धनन भईरहेको बताए । तर गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमान्‌ले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको खाँणको दावी छ ।

गाडीमा भएका सामानहरु मध्य विल भएका भन्दा नभएका सामानहरु धेरै भएकाले पनि शंका गर्ने आधार भने रहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए। रामपुर नगरपालिकामा मेयरका लागि एमालेका तर्फबाट राजु श्रेष्ठ उम्मेदवारीले उम्मेदबारी दिनु भएको छ भने काँग्रेसका तर्फबाट रमण थापा चुनावी मैदानमा छन् ।

यता,झापामा नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको फेला परेको छ । शनिबार एकातिर काँग्रेसको आमसभा चलिरहेको थियो भने अर्कोतिर नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको स्थानीयको भनाइ छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । खाममा हालेर पैसा वितरण गरेको र आफुले पनि लिएको रञ्जन खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ