पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी



हाम्रो इकोनोमि

 

 

पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाहीको तयारी गरेको छ । खड्काले ‘कावा सभापति’कै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेस कारबाहीको तयारीमा लागेको हो ।

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ । त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो ।

केन्द्रीय अनुशासन समितिको चैत १८ गतेको बैठकले खड्काको नाम उल्लेख नगरी अब उप्रान्त लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

अनुशासन समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी अनुशासन नमान्ने जोकोही कारबाहीको दायरामा पर्ने बताए । पूर्णबहादुर खड्कालाई कारबाही गर्न अनुशासन समितिको बैठक बोलाउनुभएको हो  भन्ने प्रश्नमा संयोजक गुरुङले गल्ती गर्ने कोही संरक्षित नहुने बताए ।

बैठकमा सबै कुरा केलाउने भन्दै उनले भने, पार्टीमा सबै अनुशासनमा बस्नुपर्छ । अनुशासन नमान्ने हो, विधानभन्दा दायाँबायाँ गर्ने हो भने त कारबाही भइहाल्छ नि । सभापति गगनकुमार थापाले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन् । मंगलबारदेखि सुरू जरा अभियानमा उनले अब धेरै नसहने बताएका छन् । म सभापतिको हैसियतले भन्दैछु, मलाई सहयोग गर्नुहोला ।

सहयोग गर्न नसक्नेले डिस्टर्व नगर्नुहोला । पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधिको सीमा नाघ्ने हो भने सहने कुरा हुँदैन, थापाले भने । खड्काले निर्वाचन आयोगको निर्णयमा समर्थन नभएकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापतिका रूपमा आफू कायमै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...