मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर खड्काले नेपाल प्रेससँग कुरा गर्दै आफूलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद, निरर्थक र अर्थहीन भएको प्रतिक्रिया दिए । गगन थापा नेतृत्वको कार्यसमितिलाई नै अवैध मानेको जिकिर गर्दै सर्वोच्च अदालतको फैसलाको आधारमा कांग्रेसलाई अघि बढाउने बताए ।

खड्काको प्रतिक्रिया जस्ताको तस्तै–

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय समितिको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसका बारेमा लिएको निर्णय नेपालको संविधान विपरीत छ, प्रचलित कानून विपरीत छ, राजनीतिक दलसँग सम्बन्धित ऐन विपरीत छ, नेपाली कांग्रेसको विधान विपरीत छ र स्वयं निर्वाचन आयोगले विगतमा दलहरूका यस्ता विषयमा भएको विवादको निर्णय गर्दा उसैले आफैँले स्थापित गरेको नजिरको विपरीत छ भनेर म कार्यवाहक सभापतिको हैसियतले केन्द्रीय कार्यसमितिको निर्णयबाट मलाई अख्तियारी दिए बमोजिम म कार्यवाहक सभापतिको हैसियतले नै सर्वोच्च अदालतमा मुद्दा लिएर गएको अवस्था छ ।

त्यो मुद्दा त्यहाँ दिइसकेपछि फागुन २१ को निर्वाचनमा विशेष महाधिवेशन असंवैधानिक हो, विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संरचनाहरू असंवैधानिक हुन् र त्यो कार्यसमितिको असंवैधानिक पदाधिकारीको हस्ताक्षरबाट हुने चुनावमा टिकट लिएर म चुनाव लड्न जाने कुरा राजनीतिक रूपमा चरम अनैतिक हुन्छ भनेर म चुनाव लड्न पनि गइनँ ।

यो परिवेशमा जुन कमिटीलाई मैले विशेष महाधिवेशन असंवैधानिक हो, त्यसबाट निर्वाचित कार्यसमिति असंवैधानिक हो र संरचना असंवैधानिक हो भनेर कार्यवाहक सभापतिकै हैसियतले मैले सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन छ । त्यसैले यो स्पष्टीकरण सोध्ने भन्ने कुरा हास्यास्पद, निरर्थक र अर्थहीन छ ।

सर्वोच्च अदालतले हामीलाई न्याय दिन्छ भन्ने कुरामा मलाई विश्वास छ। नेपालको सबैभन्दा पुरानो राजनीतिक दलको विषय भएको हुनाले सर्वोच्च अदालतले समयमै फैसला गर्छ भन्ने कुरा पनि मलाई ठुलो विश्वास छ। सर्वोच्च अदालतबाट आएको निर्णय सबैलाई मान्य हुनेछ, त्यही निर्णयको आधारमा नेपाली कांग्रेस अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...