मुग्लिन नारायणगढ सडकमा पहिरो, दुई प्रहरीको मृत्यु, दुई बेपत्ता



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तीनकिलोमा पहिरोमा पुरिएर प्रहरी भ्यान र एउटा ट्रक बगेको छ । घटनामा दुई प्रहरीको मृत्यु भएको छ भने दुई प्रहरी बेपत्ता छन् ।

बिहीबार राति ९ः३० बजेतिर खसेको पहिरोले प्रहरी भ्यान र ट्रक बगाएको हो । असई निश्चल तामाङ र प्रहरी जवान चालक निश्चल कुमार मास्केको मृत्यु भएको र प्रहरी जवान सन्दिप कार्की र लिलबहादुर चेपाङ बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते ट्रक चालक रामकुमार लामा र सहचालक सिजन लामाको उद्धारपछि आँबुखैरेनीमा उपचार भइरहेको चितवनका एसपी दीपक थापाले बताए । बिहीबार दिउँसोदेखि नै खसेको पहिरो पन्छाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको थियो । प्रहरीको टोली पहिरो पन्छाएर फर्किने क्रममा खसेकै पहिरोमा पुरिएको हो । ना १ झ १३९० नम्बर को भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक पहिरोमा परेको हो । यातायात खुलाउने प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट