चुडामणि संग हिमचिम भएकी युवतीलाई एनसेलले किन किक हान्यो ?



काठमाडौं । लामो समय देखि एनसेलमा कर्पोरेट सम्बाद बिभाग निर्देशकको रुपमा कार्यरत सञ्जु कोइरालालाई एनसेलले हटाएको छ । कोइरालाको राजिनामा मे १९ मा स्वीकृत भएपनि गत शुक्रबारबाट मात्रै उनले एनसेल छाडेकी हुन् । एनसेलका सिइओ सिमोन पार्किन्सन र एक्जीएटाको स्वार्थ अनुकुल काम गर्न नसक्दा कोइरालाले एनसेल छाड्नु परेको एनसेल स्रोतले बतायो ।

स्रोतका अनुसार पछिल्लो समयमा एनसेल विरोधी समाचारहरु रोक्न नसकेको, आफू अनुकुल म्याक्स मिडिया नामक एडभरटाईजिङ एजेन्सीसँग साँठगाँठ गरी विज्ञापनको कमिसन लिएको तथा एनसेलकै सूचनाहरु चुहाएको आरोपमा कोइरालालाई एनसेलले हटाएको हो ।

एनसेलबाट बाहिरिएपछि कोइरालाले शनिबार आफू निकटका पत्रकारहरुसामु कर्पोरेट सम्बाद विज्ञ मिलनमणी शर्मालाई सहयोग गरिदिनु भन्दै दरबारमार्गको एक क्याफेमा भेला गरी आग्रह गरेकी थिइन् । यस अघि पनि एनसेलले सूचना चुहाएको आरोपमा धेरै कर्मचारीलाई हटाइसकेको छ । गत वर्ष पनि जुन १ अर्थात जेठ १९ बाट लागु हुने कोइरालाको पहिलो राजीनामा स्वीकृत भएको थियो । तर, एनसेलको लगानीकर्ता एक्जिएटालाई फकाएपछि उनले थमौती पाएकी थिइन् ।

त्यतिखेर कोइरालाको राजिनामा एनसेलको मानव संशाधान विभाग प्रमुखले स्वीकृत गरेका थिए । एनसेलका एक कर्मचारीका अनुसार विगत देखि नै आफूले एनसेलको नेपाली मिडियामा राम्रो सम्बन्ध बनाएको र एक्जिएटाले पनि मौका दिएको खण्डमा त्यस्तै सम्बन्ध विस्तार गरिदिने आग्रह गरेर कोइराला पुनः एनसेलमा थमौती भएकी थिइन् । चुडामणि शर्मा संग राम्रो सम्बन्ध भएकी उनलाई शर्मा अख्तियारको फन्दामा परे संगै हटाउनु लाइ त्यहाँका कर्मचारीले जायज रुपमा लिन थालेका छन् ।

कान्तिपुर मिडिया समूह हुँदै एनसेलमा प्रबेश गरेकी कोइरालालाई कुनै समय अजयराज सुमार्गीको हेल्लो मोबाइल नामक कम्पनीले सञ्चार प्रबक्तामा पनि नियुक्त गरेको थियो । तर, पछि एउटै व्यक्ति दुईवटा कम्पनीमा कार्यरत हुँदा कम्पनीलाई असर पर्ने भन्दै यस अघि एनसेलको ८० प्रतिशत लगानीकर्ता टेलियासोनेराले उक्त निर्णय फिर्ता लिएको थियो । कोइरालाले टेलिया कम्पनी मातहत अरु देशमा सञ्चालित मोबाइल कम्पनीमा पनि काम गरेकी थिइन ।
विदेशमा बस्दा खासै उपलब्धि नभएपछि उनी पुनः नेपाल फर्केर एनसेलमा आबद्ध भएकी थिइन् । एनसेलकी दोहोरो नागरिताधारी निर्देशक सोमा थापाको समाचार विभिन्न पत्र पत्रिकामा आउँदा समेत कोइरालाले नेपाली मिडियामा राम्रो सम्बन्ध रहेको भन्दै ढाकछोप गर्ने प्रयास गरेकी थिइन । विभिन्न विवादका बीच लामो समयसम्म एनसेलमा बिताएकी कोइरालालाई हटाउनुको पछाडि एनसेलकै एउटा गुटको ठूलो स्वार्थ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय