काठमाडौँ / गृहमंत्री बने पछी चलाखी पूर्ण सक्रियता देखाएका जनार्दन शर्मा एक पछि अर्को कुरा गर्दै प्रहरीलाई आम नागरिकले टिप्पणी नगर्ने प्रकारको बनाउने बताउदै हिड्न थालेका छन्।आफ्नै कार्यकालमा कायापलट गर्ने रहर गरेका उनले प्रहरी संगठनलाई जनताले टिप्पणी नगर्ने गरी पुनःर्संरचना गरिने बताएका हुन् ।
चितवनको भरतपुरमा १७३ औं समूहको प्रहरी सहायक निरीक्षक (असई)को पास आउट समरोहलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले जनताको टिप्पणी नहुने प्रहरी संगठन निर्माणका लागी आफूले प्रयत्न गर्ने बताए ।
गृहमन्त्री शर्माले भने, ‘संघीय स्वरुप अनुरुप संगठनको पुनर्संरचना गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइनेछ ।’
सिपाही वा प्रहरी महानिरीक्षक सबै राष्ट्रप्रति इमान्दार हुनुपर्ने भन्दै गृहमन्त्रीले संगठनभित्र विभाजन र गुटबन्दी राज्यलाई स्वीकार्य नहुने बताए ।
‘गुटबन्दी गरे कारवाही हुन्छ’ उनले भने, ‘सिपाहीले पनि ईमान्दार भएर राष्ट्रलाई योगदान दिन सक्छ ।’