२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ



हाम्रो इकोनोमि

 

शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी छन् । मोहम्मद इरफानकी छोरी खुशी आज बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने अझै खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्का सहित अनुसन्धानको टोली पुगेको छ । मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...