विद्युत् प्राधिकरणबाट निःशुल्क मिटरको व्यवस्था



हाम्रो इकोनोमि

इलाम । आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन् । प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख सीताराम सिग्देलका अनुसार दलित समुदायले आर्थिक समस्याले वा अन्य विभिन्न कारणले विद्युत् मिटर लिनबाट वञ्चित भएकाले निःशुल्क मिटर कार्यक्रम ल्याइएको हो । “मिटर जडान गर्ने इच्छा भएर पनि मिटर राख्न नसकेकाका लागि यो कार्यक्रम राखिएको हो,” प्राधिकरण प्रमुख सिग्देलले रासससँग भन्नुभयो ।

सिग्देलका अनुसार तोकिएका दलित समुदायलाई निःशुल्क मिटरसहित कालो तार र मिटर बाकस दिने प्रावधान छ । प्राधिकरणका अनुसार चालु आवमै सबै दलित समुदायका व्यक्तिलाई निःशुल्क मिटर दिइनेछ ।

जिल्लामा गत वर्ष विभिन्न समस्याले विद्युत् मिटरको अभाव थियो । त्यसैकारण ग्राहकको मागअनुसार मिटर दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

कार्यालयका अनुसार भारतीय नाकाबन्दीले गर्दा मिटर आयात शून्य भएपछि जिल्लामा मिटर माग गर्ने ग्राहकको सङ्ख्या बढेको थियो । यस वर्ष भने मिटरको समस्या छैन ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...