यातायात सङ्केत बत्ती राख्न गृहमन्त्रीको निर्देशन !



हाम्रो इकोनोमि

काठमाण्डौं । गृहमन्त्री जनार्दन शर्माले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन काठमाडौँ उपत्यकाका करिब २०० स्थानमा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आयोजित काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सरकारी निकाय सँगको छलफलमा गृहमन्त्री शर्माले छोटो र सरल विधिबाट उपत्यकामा यातायात सङ्केत बत्ती राख्न निर्देशन दिँदै भन्नुभयो, “काठमाडौँका २०० चोकमा सङ्केत बत्ती जडान गरौँ, त्यसका लागि कति खर्च लाग्छ रु त्यसको समग्र हिसाब किताब उपलब्ध गराउनुस् ।”

ट्राफिक सङ्केत बत्ती राख्न दातृ निकायको मुख ताक्न नहुने उल्लेख गर्दै उहाँले सरकार आफैँले सडकमा बत्ती बाल्न नसक्ने हो भने त्योभन्दा लाजमर्दो स्थिति अरू हुनै नसक्ने उल्लेख गर्नुभयो । सड्क विभाग, यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक व्यवस्थापनको योजना पेस गर्न निर्देशन दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “काठमाडौँ उपत्यकामा आकाशे पुलको टेन्डर गरिहाल्नुस्, दुई–चारवटा पुल बनाउने पैसा पनि छैन सडक विभागसँग रु”, मन्त्री शर्माले प्रश्न गर्दै भन्नुभयो, “पैसोको व्यवस्थापन म गरिदिन्छु ।”

यातायात व्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८०० स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तीमा १५ दिनभित्र सिध्याउन निर्देशन दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यालय समयमा सार्वजनिक सवारी मात्रै चल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठूलो रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गर्न सके ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामाले उपत्यकाका १८ स्थानमा आकाशे पुल बनाइए समस्या समाधान हुन सक्ने धारणा राख्नुभयो । काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यो वा त्यो नभनीकन फुटपाथको व्यापार हटाउने बताउनुभयो । उहाँले भन्नुभयो, “फुटपाथका व्यापारीसँग हाम्रो मिलेमतो पो छ कि भनेर जनताले प्रश्न उठाएका छन्, बस स्टप हैन स्टेसन बनाऔँ, चढाउन र ओराल्नेबाहेक एक मिनेट पनि सवारी रोक्न नदिने पद्धति विकास गरौँ ।”

प्रतिक्रिया दिनुहोस
देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...