देउवा र प्रचण्डको पुत्ला जल्यो, अखिल भन्छ अब सरकार ढल्यो



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित् आर.आर. क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरुले सरकारले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको विरोधमा पुत्ला दहन गरेका हुन् । उनीहरुले सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै आजसम्ममा उक्त निर्णय फिर्ता नलिए सरकार सडकबाटै सरकार ढाल्ने आन्दोलन छेड्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको आरोप लगाउँदै २ नम्बर प्रदेशलाई वर्तमान सत्तारुढ दलले सिक्किमिकरण गराउन खोजिरहेको आरोप समेत लगाएका छन् । पुत्ला दहनपछि सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत चेतावनी दिईन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय