देउवा र प्रचण्डको पुत्ला जल्यो, अखिल भन्छ अब सरकार ढल्यो



हाम्रो इकोनोमि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित् आर.आर. क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरुले सरकारले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको विरोधमा पुत्ला दहन गरेका हुन् । उनीहरुले सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै आजसम्ममा उक्त निर्णय फिर्ता नलिए सरकार सडकबाटै सरकार ढाल्ने आन्दोलन छेड्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको आरोप लगाउँदै २ नम्बर प्रदेशलाई वर्तमान सत्तारुढ दलले सिक्किमिकरण गराउन खोजिरहेको आरोप समेत लगाएका छन् । पुत्ला दहनपछि सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत चेतावनी दिईन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...