समाचार

नेप्से दोहोरो अंकले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार

  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक सबै समूहमा उछाल छ । आज कारोबार ५ अर्ब नाघेको छ । कारोबार बढेसँगै बजार पुँजीकरण पनि ३१ खर्ब नाघेको हो ।