नेकपा एसका नेताले एमालेमा आएर सदस्यता नवीकरण गरे हुन्छ : बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माधव नेपाल नेतृत्वमा रहेको एकीकृत समाजवादीका नेताहरूले एमालेमा आएर सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिप्रेक्षमा पार्टीको एकताको विधि नै आफ्नो सदस्यता नवीकरण गर्नु भएको सुझाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ। अहिलेको परिप्रेक्ष त्यै हो पार्टी एकताको सजिलो विधि ।’

उनले नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।शनिवारदेखि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा झाँक्रीसहित केहीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो ।‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि ! व्यर्थै कारबाहीमा परिएला है’ उनले झाँक्रीलाई सुझाएका छन् ।

निर्वाचनबाट नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेपछि झाँक्री एमालेप्रति नरम छिन् । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसङ्गसमेत निस्किएको हिजोको बैठकका निस्किएको थियो । त्यसो त एमालेबाट अलग हुने बेलामा झाँक्री माधव नेपाललाई हातमा दोहोराएर निर्वाचन आयोगमा पार्टी दर्ताका लागि गएकी थिइन् ।पार्टीभित्र असन्तुष्ट भएपछि फेरि एमालेमा पनि तानेरै सबैलाई ल्याउन नखोज्नु भन्दै कटाक्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...