भ्रष्टाचार नियन्त्रण र नीतिगत सुधार सरकारको प्राथमिकतामा



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सरकारले ल्याउने कार्यक्रमबारे बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्न जोड दिने बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउन अल्पकालीनसहित दिर्घकालिन व्यवस्था गर्ने, युवा स्वरोजगार र गुणस्तरीय शिक्षासहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए ।

उनले भने, ‘अहिलेको सरकार जनमत अनुसार बनेको हो । जनताले दिएको मतअनुसार बनेको सरकार भएकाले न्यूनतम साझा कार्यक्रममार्फत हामी केका लागि सरकारमा जोडिएका छौँ भनेर प्रष्ट पाछौँ ।’ विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए । सरकारले भोलिसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने उनले बताए।

उनले भने, ‘हामी आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । त्यसमा पनि विवाद भयो भने त राजनीतिक दल नै भएन नि  नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउन सकेनौँ भनेर राजनीतिक दल नै हुन सक्दैनौँ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...