भ्रष्टाचार नियन्त्रण र नीतिगत सुधार सरकारको प्राथमिकतामा



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सरकारले ल्याउने कार्यक्रमबारे बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि विशेष कदम चाल्न जोड दिने बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउन अल्पकालीनसहित दिर्घकालिन व्यवस्था गर्ने, युवा स्वरोजगार र गुणस्तरीय शिक्षासहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए ।

उनले भने, ‘अहिलेको सरकार जनमत अनुसार बनेको हो । जनताले दिएको मतअनुसार बनेको सरकार भएकाले न्यूनतम साझा कार्यक्रममार्फत हामी केका लागि सरकारमा जोडिएका छौँ भनेर प्रष्ट पाछौँ ।’ विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए । सरकारले भोलिसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने उनले बताए।

उनले भने, ‘हामी आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । त्यसमा पनि विवाद भयो भने त राजनीतिक दल नै भएन नि  नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मूल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउन सकेनौँ भनेर राजनीतिक दल नै हुन सक्दैनौँ।’

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...