जनता हाम्रै पक्षमा थिए, भोट चै अन्तै हाले : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको बताएका छन् । युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।

‘हामीले १० सीट जितेका छौँ । हामी आफ्नो कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ । जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ’ उनले भने, ‘तर, थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही पनि छैन । थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।’ उनले राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरूलाई ह्वीप लाग्ने बताए । सबै एकजुट भएर लाग्न सकेको भए २५ सीट आसपास पुग्नसक्ने देखिएको नेता नेपालको दाबी छ ।

‘कतिपय देशहरूमा त्यस्तो छ । सीटको आधारमा सरकारले नै रकम दिने व्यवस्था छ । तर, हामीकहाँ त्यो छैन । दर्ता भएको पार्टी भएकाले आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लाग्छ’ उनले भने, ‘पहिला पनि त्यो नजिर स्थापित भइसकेको छ । त्यसैले त्यो भ्रममा पर्न हुँदैन । तर, थ्रेसहोल्ड कटाउन सकेको भए हामी २५ सीट हाराहारीमा पुग्यौँ भन्ने लागेको थियो ।’उनले नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...