जनता हाम्रै पक्षमा थिए, भोट चै अन्तै हाले : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले थ्रेसहोल्ड नकटाए पनि कुनै फरक नपरेको बताएका छन् । युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै नेता-कार्यकर्ताको कारणले राष्ट्रिय पार्टी बन्न नसकेको बताए ।

‘हामीले १० सीट जितेका छौँ । हामी आफ्नो कमजोरीले मत बाकसमा खसाल्न सकेनौँ । जनताको मत हाम्रो पक्षमा नभएको होइन । हाम्रो नेता कार्यकर्ताहरू जान सकेनन् । हाम्रो नेता कार्यकर्ताको कारणले हामीले ३ प्रतिशत कटाउन सकेनौँ’ उनले भने, ‘तर, थ्रेसहोल्ड नकटाए पनि हामीलाई केही पनि छैन । थ्रेसहोल्ड पार गरेको भए हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि ? केही दिनेवाला थिए । पार्टी अफिस वा रकम दिने भन्ने पनि केही कुरा छैन ।’ उनले राष्ट्रिय पार्टी नबने पनि पार्टीका सांसदहरूलाई ह्वीप लाग्ने बताए । सबै एकजुट भएर लाग्न सकेको भए २५ सीट आसपास पुग्नसक्ने देखिएको नेता नेपालको दाबी छ ।

‘कतिपय देशहरूमा त्यस्तो छ । सीटको आधारमा सरकारले नै रकम दिने व्यवस्था छ । तर, हामीकहाँ त्यो छैन । दर्ता भएको पार्टी भएकाले आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लाग्छ’ उनले भने, ‘पहिला पनि त्यो नजिर स्थापित भइसकेको छ । त्यसैले त्यो भ्रममा पर्न हुँदैन । तर, थ्रेसहोल्ड कटाउन सकेको भए हामी २५ सीट हाराहारीमा पुग्यौँ भन्ने लागेको थियो ।’उनले नेता कार्यकर्तालाई पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...