समाचार

यस्ता १७ वटा मन्त्रालय बनाउने सरकारको निर्णय,यस्तो बन्दैछ मन्त्रीमण्डल,राष्ट्रपतिको निर्वाचन यसरी हुदैछ

केन्द्रीय तहमा १७ वटा मन्त्रालय रहने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताए। अहिले ३१ वटा मन्त्रालय सञ्चालनमा छन्। संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेकाले सरकारलाई मन्त्रालय घटाउनुपर्ने बाध्यता थियो।