आइजीपी अर्यालले भारतीय दूताबासको निर्देशनमा प्रहरी निरीक्षक पन्थीलाई १५ दिनदेखि थुनामा राखिएको खुलासा



हाम्रो इकोनोमि

नेपाल प्रहरी गृहमन्त्रालय अन्तर्गतको एक विभाग हो । तर त्यो विभागका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल गृहमन्त्रालयको निर्देशनसमेत मान्दैनन् । बरु भारतीय दूताबासको निर्देशन अनुसार एक अपराधीको पक्ष लिएर आफ्नै अधिकृतलाई गणमा थुनेर राखेका छन् ।

गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ललितपुरको पुल्चोक प्रभागका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थीलाई प्रतिशोधपूर्ण ब्यवहार गरी गणमा नथुन्न निर्देशन दिए पनि आइजीपी अर्यालले पालना गरेका छैनन् । निर्दोष प्रहरी अधिकृतलाई थुनेर संगठनलाई नै क्षति पुग्ने काम नगर्न दिएको निर्देशन आइजीपी अर्यालले अटेर गरेका हुन् ।
प्रहरी निरीक्षक पन्थीलाई आइजीपी अर्यालले भारतीय दूताबासको निर्देशनमा १५ दिनदेखि १ नम्बर गण नक्सालमा थुनेका छन् । नेपाली नागरिक नीता डंगोलको अपहरण गर्ने भारतीय नागरिक रवि सिंहलाई पक्राउ गरेबापत प्रहरी निरीक्षक पन्थीलाई आइजीपीले थुनेका हुन् ।

मिटर ब्याजमा पैसा लगानी गर्ने रवि सिंहले पन्थी विरुद्ध घुस मागेको उजुरी दिएको भन्दै उनलाई बयानका लागि बोलाएर १५ दिनदेखि थुनामा राखिएको छ । तर पन्थीले घुस मागेको कुनै प्रमाण विना नै रवि सिंहले मौखिक भनेकै भरमा आफ्नै अधिकृतलाई थुन्ने काम आइजीपीले गरेका छन् ।

हरेक अपराधीले पक्राउ परेपछि प्रहरीमाथि अनेक आरोप लगाउँछ, तर ती आरोप तथ्य र प्रमाणका आधारमा लगाएको हो कि होइन, त्यसको छानबिन नगरी अधिकृत थुनेपछि भोलिका दिनमा अपराधी समाउन पनि सुरक्षाकर्मी सतर्क हुनुपर्ने भएको छ । अपहरण तथा शरीर बन्धक कानुन अनुसार कारबाही गर्नुपर्ने रवि सिंहलाई मुद्दा नचलाउन दबाब दिएर छुटाउने काम गरेर पनि नपुगी आइजीपी अर्यालले तिनै अपहरणकारीलाई खुसी बनाउन आफ्नै अधिकृत थुनेका छन् ।

अपराध नियन्त्रण गरेबापत पुरस्कृत हुनुपर्ने प्रहरी अधिकृत पन्थी दण्डित भएपछि यसले प्रहरीभित्र गलत सन्देश गएको छ । र, प्रहरी संगठन सरकारको आदेशमा चल्छ कि दूताबासको खटनमा चल्छ भन्ने प्रश्न उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...