श्रीमती र गर्लफ्रेन्ड च्यापेर सचिब रंगिला भ्रमणमा विदेश गए पछी ओलीले लगाए सनासो,सरकारी विदेश भ्रमण राेक्न ओलीको उर्दी



हाम्रो इकोनोमि

सरकारी कर्मचारीले अनुत्पादक रूपमा विदेश भ्रमण गरेकाे गुनासाे बढिरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कार्यालयकाे तर्फबाट हुने सबैखाले विदेश भ्रमण रोक्न निर्देशनत्मक अादेश जारी गरेकाे छ।

निर्देशनअनुसार अर्थ मन्त्रालयले स्वीकृत गरिसकेका भ्रमणहरू समेत रद्द हुनेछन्। अर्काे सूचना जारी नभएसम्म स्वीकृत सबै सरकारी निकायका विदेश भ्रमण राेक्का भएका हुन्। बिहीबार जारी भएकाे निर्देशनकाे अवज्ञा गर्ने कर्मचारीलाइ कडा कारवाही गर्ने चेतावनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको छ।

मन्त्रिपरिषद कार्यालय स्राेतका अनुसार सरकारले विदेश भ्रमणका सन्दर्भमा अलग्गै मापदण्ड बनाउने तयारी थालेकाे छ। त्यसकै पहिलाे कदमकाे रूपमा बिहीबार यस्ताे निर्देशन जारी गरिएकाे हाे।

उता मुलुक संघीयतामा गएसँगै प्रदेशमा कर्मचारी नपाएर हाहाकार मच्चिरहँदा कृषि मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु श्रीमती सहित विदेश शयरमा निस्कने तयारी गर्दैछन् । केही कर्मचारीहरु कार्यक्रमको नाममा विदेशमा पुगेका छन भने केही पुगेर फर्किएका छन् ।

किसानहरुका हितमा खास उल्लेख्य काम गर्न नसकेको कृषि मन्त्रालयका कर्मचारीहरु सबैभन्दा बढी विदेश भ्रमण गर्न कर्मचारीहरुमा पर्दछन् । त्यहाँका कर्मचारीहरु कुनै न कुनै बाहनामा विदेश पुगिरहेका हुन्छन् । विदेश जाँदा दैनिक भत्ता डलरमा खान पाइने भएका कारण विदेश शयरमा कर्मचारीहरुको आकर्षण बढ्दै गएको छ ।

अन्तर्राष्ट्रिय कृषि विकास कोष आईफाड को ऋण अनुदान सहयोगमा सञ्चालित किसानका लागि उन्नत वीउ विजन कार्यक्रमको बजेटमा यतिखेर सचिव पोख्रेल श्रीमती च्यापेर अष्ट्रेलिया पुगेका हुन् । गत २६ गते शुक्रबार सचिव पोख्रेलको टोली अष्ट्रेलिया उडेको हो । एक साता लामो भ्रमणमा भनिएपनि त्यही ऋण अनुदानको रकममा उनी थप केही दिन किसानका लागि आईफाडले दिएको अनुदान रकममा नै मस्त हुने श्रोतले बताएको छ ।

अष्ट्रेलिया भ्रमणमा सचिव डा सुरोज पोख्रेल दम्पती, कृषि मन्त्रालयका सहसचिव डा. योगेन्द्र कार्की, कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्मा लगायत एक दर्जन भन्दा बढी व्यक्ति रहेको कृषि विकास मन्त्रालय जनाएको छ । त्यसैगरी प्याक्ट आयोजनाको दुइ दर्जन टोली र कृषि तथा खाद्य सुरक्षा आयोनजाको एक दर्जन टोली समेत अष्ट्रलिया भ्रमणबाट फर्किसकेको मन्त्रालयले जनाएकोछ ।

कृषि मन्त्रालयको कर्मचारीहरुको जम्मो टोली भने श्रीमती बोकेर अष्ट्रेलिया शयरमा निस्किने तयारी गर्दैछन् । यही फागुन सात गते श्रीमती सहित अष्टे«लिया शयर गर्न निस्कनेहरुमा सहसचिव लेखनाथ आचार्य तथा श्रीमती मञ्जुकुमारी पौडेल आचार्य, कृषि विकास मन्त्रालयका कानून शाखाका उपसचिव खिमानन्द भूसाल तथा श्रीमती कमला भण्डारी, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका आयोजना निर्देशक शिवनन्दन प्रसाद शाह तथा श्रीमती आशाकुमारी शाह, सोही आयोजनाका लेखा अधिकृत टिकाराम रिजालका तथा श्रीमती लक्ष्मी पोख्रेल, सोही परियोजनाका शाखा अधिकृत गौरी अधिकारी तथा श्रीमान शिवहरि अधिकारी सहित रहेको कृषि मन्त्रालय स्रोतले जनाएको छ ।

यी दुई टोलीको भ्रमणमा मात्र ९० लाख खर्चे हुने कृषि मन्त्रालयका एक अधिकृतले जनाए ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...