छोरालाई शुभकामना दिन ओलीलाई बुबाले भेट्न पाएनन्,दिए यस्तो अर्ती,जन्मदिनकै दिन मन्त्रालय घटाएर यसरी गर्दैछन सरकार विस्तार



हाम्रो इकोनोमि

नौ दिनअघिमात्र प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न चाहनेको लर्को यतिखेर बालुवाटारमा लागेको छ।
६६ औँ जन्मदिनको शुभकामना दिन भारतीय राजदूत र चिनियाँ राजदूतबीच प्रतिष्पर्धाजस्तै देखिएको छ। शुक्रबार बिहान नौ बज्नु केही मिनेटअघि सबैभन्दा पहिला चिनियाँ राजदूत बालुवाटार प्रवेश गरेकी थिइन् भने एकै मिनेटपछिि भारतीय राजदूत मञ्जीवसिंह पुरी बालुवाटार प्रवेश गरेका थिए।
उनको जन्मदिनमा केक बोकेर शुभकामना दिन आउनेहरुको ठूलो भिड अहिले बालुवाटारमा छ। स्थायी समिति बैठक, मन्त्री छान्ने चटारो र व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री ओलीले केक काटेर आफ्नो जन्मदिन मनाउने बालुवाटारका एक कर्मचारीले जानकारी दिए।

यता मन्त्रीमण्डलमा सहभागी हुने नाम तय गर्न एमाले स्थायी समितिको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्को बैठक बोलाएका छन्।

मन्त्रीमण्डलमा सहभागी हुने नाम तय गर्न एमाले स्थायी समितिको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्को बैठक बोलाएका छन्।मन्त्री परिषदको पुनरसंरचनासहित संख्या घटाउनुपर्ने र त्यो निर्णय मन्त्री परिषदबाटै गर्नुपर्ने भएकाले ओलीले मन्त्री परिषदको बैठक बोलाएका हुन्।

हाल २६ वटा मन्त्रालय रहेकोमा त्यसलाई १८ सदस्यीय बनाउने निर्णय एमाले र माओवादी केन्द्रले गरिसकेका छन्।

एकता प्रक्रियामा रहेका दुबै पार्टीले आजै मन्त्री मण्डलमा सहभागी हुनेहरुको नाम टुङ्ग्याउने र मन्त्री परिषद विस्तार हुने सम्भावना छ।अहिलेको मन्त्री परिषदमा प्रधानमन्त्री ओली सहित एमाले नेताद्वय लालबाबु पण्डित र थममायाँ थापामात्र छन्।प्रधानमन्त्री निवास बालुवाटारमा तीन सदस्यीय मन्त्री परिषदको बैठक अहिले पनि जारी छ।

अर्कातिर जन्मदिनमा कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री केपी ओलीले बुबासँग भेट्न पनि समय पाएनन्। उनका बुबा ८८ वर्षीय मोहनप्रसाद ओली शुक्रबार बिहान बालुवाटारमै प्रधानमन्त्री बनेका छोरा केपी ओलीलाई भेट्न पर्खिरहेका थिए।

प्रधानमन्त्रीलाई जन्मदिनमा शुभकामना व्यक्त गर्न केक बोकेर पुगेका ठूलो हुलको बीचमै बुबा मोहनप्रसाद पनि छोरालाई जन्मदिनको शुभकामना दिन पर्खिरहेका छन्।

छोरालाई भेटेर जन्मदिनको शुभकामना दिन नपाए पनि बुबा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छोरालाई यी १० उपदेश दिएका छन्।

-दुखमा नआत्तिनू

-सुखमा नमात्तिनू

-विपतमा परेकालाई दया देखाउनू

‍-सबै इष्टमित्र राख्नू

-नछुट्याउनू

-आफूलाई ठूला नठान्नू

-सबैलाई माया गर्नू

-कसैलाई नहप्काउनू

-नदबाउनू

-गरिब वा धनीमा भेद नगर्नू

छोरा व्यस्त रहेकाले आफूले भेट्न नपाएको उनले बताए। केही दिन आफू काठमाडौँ बस्ने र सोही क्रममा छोरालाई भेट्न पाउने आशा पनि बुबा ओलीले गरे।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...