नेकपाको वस्त्र उत्रिसक्यो, अब छाला नै काड्ने तयारी
सत्ताधारी दलका विभाजित नेता-कार्यकर्ताबीच करिव तीन सातादेखि चलिरहेको ‘रत्यौली’को अन्त्य कहाँ पुगेर हुने हो- निश्चित छैन । हरेक दिनजसो दुवै समूहका विभिन्न स्तरका सभा वा भेला आयोजना हुँदै आएका छन् । राजधानी हुँदै यस्ता सभाहरू प्रदेश, जिल्ला र गाउँ-गाउँसम्म