निर्वाचनमा जुट्न कार्यकर्तालाई देउवाको निर्देशन



हाम्रो इकोनोमि

 

विघटित प्रतिनिधिसभा पुनः ब्युँतिए पार्टीलाई क्षति पुग्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा कांग्रेसलाई निर्वाचन नै उपयुक्त बाटो भएको बताएका छन् ।

बिहीबार देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका कांग्रेस कार्यकर्ताहरुसँग छलफल गर्दै देउवाले आफ्नो पार्टीका लागि निर्वाचन न उपयुक्त अवसर भएकाले निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्र्थापना हुँदै नहुनेमा विश्वास दिलाउँदै देउवाले कार्यकर्ताहरुसँग भनेका छन्, ‘प्रतिनिधिसभा पुनःस्र्थापना भए कांग्रेस तेस्रस्रो शक्तिमा पुग्छ, त्यसो हुँदा अहिले पाइरहेको प्रमुख प्रतिपक्षको हैसियत पनि गुम्ने स्थिति आउँछ । त्यसकारण अहिले पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, यो विरोधका कार्यक्रमलाई पनि चुनावी प्रचारका रुपमा उपयोग गर्नुहोस् र निर्वाचनमा हामी केन्द्रित हुन जरुरी छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुनःस्र्थापना भए नेकपाकै एउटा समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ ।

विघटित प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद थिए भने सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद थिए । नेकपा दुई समूहका विभाजित बनिहाल्यो भने कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने उनको अनुमान छ ।

तर, कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पदाधिकारीको बैठक बोलाएर प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा जाने निर्णय गरिसकेको छ । सभापति देउवा चुनावमा जानुपर्ने पक्षमा भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्दोलनमा जानुपर्ने पक्षमा अझै अडिग छन् ।

कांग्रेसले पहिलो चरणको आन्दोलन पूरा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले पुस २५ गतेदेखि वडास्तरदेखि देशव्यापी विरोधका कार्यक्रमको तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले भने कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...