प्रधानमन्त्री ओली र मन्त्री साहको टोलीबीच छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको खयरमारामा निर्माणाधीन बहुप्राविधिक क्याम्पस सहिद रामवृक्ष यादवकै नाममा बन्ने स्पष्ट पारेका छन् । नेकपा प्रदेश २ का अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साह नेतृत्वको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नियम प्रक्रिया बिना हचुवाको भरमा उक्त शिक्षालयको नामाकरण भएकोले अब सच्चयाएर क़ानून सम्बत ढंगले रामबृक्ष यादवको नाम राख़्ने बताए ।

प्रधानमन्त्री ओलीले रामवृक्षको नाममा चाँडै क्याम्पस संचालन गराउने प्रतिवद्धता जनाएको बैठकमा सहभागी नेता रामपृत रामले बताए । खयरमारा शहीद रामवृक्ष यादवको मान–सम्मान र पहिचानसंग जोडिएको ऐतिहासिक भूमि रहेकाले त्यहाँ उनकै नाममा पूर्वाधार निर्माण हुनेमा ढुक्क हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।

निर्मल लामा एक सम्मानित व्यक्ति भएको तर रामवृक्षको ठाउँमा लामाको नाम जोडेर गलत नियतले विवाद गराउने प्रयास भएको नेताहरूले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले सो प्रतिक्रिया जनाएका हुन् । छलफलमा मन्त्री प्रभु साहका साथै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, प्रदेश सभा सदस्य दिलिप साह, नेता रामपृत रामलगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...