निर्मला बलात्कार र हत्या प्रकरण : दोषी लुकाउन निर्दोष किशोरीलाई चरम यातना
‘मलाई क्याम्पसबाट सहपाठी र शिक्षकहरूकै अगाडि घिच्याएर लगियो । टाउको तल खुट्टा माथि बनाएर यातना दिइयो । तर, जब म क्याम्पस फर्कें, सहपाठी कोही पनि मसँग बोलेनन् । हिरासतमा भन्दा कक्षाकोठामा बढी पीडा भयो,’ किशोरी हेमन्ती भट्टले भनिन् ।