स्थानीय तहमा कर्मचारी अभाव हुँदैन : मन्त्री पण्डित



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने दावी गरेका छन् ।

 

उनले भने, ‘लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकता अनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन ।’

भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवम् इ डोलेश्वर डट कम अनलाइन संस्करणको आज आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री पण्डितले पत्रकारले पनि सही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने बताए ।

 

सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पण्डितले भने, ‘पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भोग्नु पनि पर्दैन, यदि गल्ती गर्नु भएको छ भने छुट माग्न पाउनु हुन्न ।’

 

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताए ।

प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाइन र सञ्चारमाध्यमले अब विकासका समाचारलाई प्राथमिकता दिनुपर्ने बताए ।

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई, प्रेस अर्गनाइजेसनका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यवस्थापक जनक गिरी, प्रकाशक सम्पादक पेशल आचार्यलगायतले निष्पक्ष र विभेदरहित समाचारका रुपमा सञ्चार माध्यम अगाडि बढ्नुपर्ने धारणा राखे ।

 

पत्रकारिता पुरस्कार एवं सम्मान

कार्यक्रममा मन्त्री पण्डितले नगद ११ हजार १११ राशिको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार र सम्मान नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई प्रदान गरेका छन् ।

उनले राससकर्मी रमेश गिरी, रोशन प्रसाई र विजय धौभडेललाई सम्मान गरेका छन् । हरेक वर्ष एक जना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने आचार्यले घोषणा गरे ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...