बसमा जहाजको जस्तै सुविधा, बस होस्टेसले गर्छन् स्वागत



हाम्रो इकोनोमि

सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेपछि पोखरा—लुम्बिनी रुटमा जगदम्बा ट्राभल्सको सुविधायुक्त बस सेवा सुरु हुने भएको छ । जगदम्बा ट्राभल्स प्रालिले यो रुटमा भदौ १५ बाट स्तरीय बस सेवासुरु गर्न लागेको हो ।

दुई पर्यटकीय गन्तव्यलाई बस सेवाबाट जोड्ने पोखरेलीहरुले यसअघि गरेको पटकपटकको प्रयास सफल हुन सकेको थिएन । पर्यटन व्यवसायीले यसअघि पोखराबाट सिधै भैरहवा बस चलाउन सुरु गर्दा बुटवलका सिन्डिकेटधारीले अवरोध पुर्‍याएका थिए ।

घुम्ती नै घुम्ती भएको सिद्धार्थ राजमार्ग भारतीय नाका सुनौली र भैरहवालाई पोखरा जोड्ने स्तरीय बस सेवा थिएन । गत वर्षदेखि भने पोखरा भैरहवा रुटमा बुद्ध एयरले जहाज सेवा दिएको  छ ।

७५-७५ लाखका २ बसबाट पोखरा र भैरहवामा सेवा सुरु गर्न लागिएको जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । ‘१५ गते एउटा बस पोखराबाट भैरहवाका लागि छुट्छ र १७ गते भैरहवाबाट अर्काे बस पोखराका लागि आउँछ’, उनले भने ।

जहाजको बिजनेस क्लासमा हुने जस्ता आरामदायी सिट भएका बसमा खाना, खाजा र पानी तथा चियाको सुविधा दिइने अधिकारीले सुनाए ।

३० सिटमात्रै राखिएका लामो आकारको बसको एकतर्फी भाडा नेपालीका लागि २ हजार र विदेशी पर्यटकका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । रिमोट कन्ट्रोलबाट सिट तलमाथि गर्ने सुविधा भएको बसमा वातानुकूलन पनि छ । जहाजमा एयर होस्टेसजस्तै जगदम्बामा बस होस्टेसले सेवा दिन्छन् ।

पोखराबाट मुग्लिङ नारायणगढको सडक प्रयोग गरी बस पोखरा-भैरहवा आतेजाते गर्ने अधिकारीले बताए । ‘यो रुटमा अरु बसको सुविधा थियो, तर सुविधा सम्पन्न बस हामीले सुरु गर्‍यौं’, उनले भने, ‘सिन्डिकेट अन्त्य भएको हुँदा यो मौका मिल्यो ।’

जगदम्बाले पोखराबाट सबैभन्दा स्तरीय बसब पोखरा–काठमाडौं, पोखरा–चितवनको रुटमा यसअघिदेखि नै चलाइरहेको छ । २०३३ सालदेखि पारिवारिक रुपमा बस सेवामा लागेका अधिकारीको परिवारले ५ वर्षअघि जगदम्बा ट्राभल्स प्रालि खोलेर कम्पनीमार्फत बस चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...