गौचन हत्याका अभियुक्त बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ । बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो