प्रचण्डलाई भेट्दा यसरी पोखे नेपालले मनको बह



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

 

वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष प्रचण्डकै पहलमा आज भेटवार्ता भएको हो ।

 

ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ ।

 

अध्यक्ष दाहालसँगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको औल्याएका थिए । साथै उनले सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

 

उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने बताएका थिए । उनले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...