ऋषी देवकोटा मार्ग बनाईने



हाम्रो इकोनोमि

 

जनकपुर । सहिद ऋषि देवकोटा आजादको नाममा सडक बन्ने भएको छ । धनुषाको मिथिलानगरपालिका र सिन्धुली जोड्ने सडक निर्माणको तयारी गरेसगैँ उक्त सडकको नाम ऋषि देवकोटा आजाद मार्ग राखिने तयारी गरेको हो ।

 

धनुषाको ढल्केवरबाट सिन्धुलीको चन्दनपुर जोड्ने सडक निर्माणका लागि नगरपालिकाका मेयर हरिनारायण महतोको नेतृत्वमा सोमवार ढल्केवरवासीले स्थलगत निरिक्षण समेत गरे । प्राविधिक टोली सहित गरिएको स्थलगत निरिक्षणमा सिन्धुलीको कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष त्रितलाल अधिकारी दनुवार र त्यहाँका स्थानियको बाक्लो उपस्थिती थियो ।

 

मेयर महतोका अनुसार स्थलगत निरिक्षणपछी धनुषाको सिमानासम्म ११ किलो मिटर सडकको प्रारम्भिक चरणको निर्माण मिथिला नगरपालिकाले गर्ने र सिन्धुलीको भ–ुभागमा पर्ने सडकको निर्माणको पहल कमलामाई नगरपालिकाले गर्ने सहमती पनि गरिएको छ । मेयर महतो र सिन्धुली कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष दनुवारद्वारा हस्ताक्षरीत सहमती पत्रमा दशै लगतै सडक निर्माणको प्रारम्भिक चरणको काम सुरु गर्ने उल्लेख गरिएको छ ।

 

साउन महिनामा बाबाधामका लागी लगुंर खोला जाने प्रमुख बाटोको रुपमा रहेको औरही खोला हुँदै सिन्धुलीको चन्दनपुरसम्म सडक बने दुवै जिल्लावासीलाई आवतजावत र ब्यापार ब्यवसायमा सुविधा हुने वडा अध्यक्ष दनुवारले बताए । यस सडकलाई सहिद ऋषि देवकोटा आजाद मार्गको नाम दिएर सरकारसगँ बजेट माग्ने तयारी मिथिला नगरपालिकाले गरेको छ ।

 

भुमिगत राजनीति गर्दा सिन्धुली भिमानका देवकोटा उक्त बाटो हुँदै पैदल हिँडेर धनुषामा राजनीतिक गतिविधी गर्न आउने गरेका थिए , मेयर महतोले भने, त्यसैले वहाँको सम्मानको लागी पनि यो सडकको नामकंरण वहाँको नाममा गरिन लागिएको हो । कम्युनिष्ट राजनीतिमा लागेका देवकोटाको २०३७ साल फागुन १२ गते सिन्धुलीको भिमानमा हत्या गरिएको थियो ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...