ममाथि ठाडो अन्याय भयो, लडाइँ जारी छ, ओली र प्रचण्ड मिलेर मलाई घटुवा गरे : झलनाथ खनाल
एमाले–माओवादी एकतासँग जोडिएका दुईवटा विषयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई बेला–बेला झस्काउँछ । पहिलो घटना– एमाले–माओवादीबीच पार्टी एकता हुँदा उनी चीनमा थिए । त्यसैले पार्टी घोषणा समारोहमा सहभागी हुन पाएनन् । एकता सभामा सहभागी हुन