अबको १ सय ५ वर्षपछि मात्र हेर्न पाइनेछ यस्तो चन्द्रग्रहण, खगोलविद्को अन्तर्वार्ता



हाम्रो इकोनोमि

 

शुक्रबार (अाज) राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा १ बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ । यसलाई ‘ब्लड मुन’ भनिन्छ ।

 

सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबभन्दा लामो चन्द्रग्रहण (५ घन्टा २७ मिनेट) भएको थियो। यो ग्रहण १ सय १ मिनेट खग्रास थियो । खगाेलविद जयन्त आचार्यले अब यति लामाे चन्द्र ग्रहण हेर्न एक सय पाँच वर्ष कुर्नुपर्ने  बताएका छन् । उनका पिता साम्भराज आचार्य पनि खगोलविद् हुन् । जयन्तले बाल्मीकि विद्यापीठमा प्राध्यापन गरेको डेढ दशक भइसक्यो । विज्ञान र संस्कृत दुवै विधा अध्ययन गरेका जयन्त प्राध्यापनसँगै खगोलिय अध्ययन अनुसन्धानमा निरन्तर छन् ।

 

० आज लाग्ने भनिएको पूर्ण खग्रास चन्द्रग्रहण शताब्दीकै लामो हो ?
– अबको सय वर्षपछि मात्र यत्ति लामो चन्द्र ग्रहण लाग्ने भएकाले यसलाई शताब्दीकै लामो चन्द्रग्रहण भनिएको हो । यत्ति लामो चन्द्रग्रहण गर्न अब सय वर्ष कुर्नुपर्ने छ ।

 

० यसको ज्योतिषीय महत्वले के अर्थ राख्छ ?
– जुन नक्षेत्रमा ग्रहण लाग्दछ, त्यो नक्षेत्रसँग सम्बन्धित राशी भएका मानिसले हेर्न नहुने भनेर विभिन्न राशीहरुको शुभ र अशुभ फल बताइन्छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने सूर्य, चन्द्रमा र पृथ्वीको गतिस्थिति र दूरी निर्धारण गर्न यस्तो ग्रहणको प्रयोग गरिन्थ्यो । महान वैज्ञानिक आइनस्टाइनले पनि प्रकाशसम्बन्धी नियमलाई पुष्टि गर्नका निम्ति सूर्यग्रहणका बेलालाई प्रयोग गरेका थिए । त्यसैले धार्मिक र वैज्ञानिक दृष्टिकोणबाट यो ग्रहणले महत्वपूर्ण अर्थ राख्छ ।

 

० नेपालबाट यो ग्रहण स्पष्ट देख्न सकिन्छ ?
– नेपालबाट यो ग्रहण प्रष्टरुपमा देख्न सकिन्छ, राति १२ बजेर ९ मिनेटबाट सुरु भएर ४ बजेर ४ मिनेटमा सकिन्छ । लगभग ४ घन्टा ग्रहण लाग्छ । यस अवधिमा हामीले जुनसुकै बेला हेरियो भने चन्द्रमा छायाले छेकिएको हामीले देख्न सक्छौं । त्यसको नजिकै एउटा तारा देखिन्छ, त्यो मंगल ग्रह हो । जो मंगल ग्रह चिन्न चाहन्छन् उनीहरुका लागि यो सुवर्ण अवसर हो ।

 

० मंगलग्रह छेकिदैन ?
– छेकिदैन, मंगल ग्रह चिन्नका लागि एउटा रिर्पेन्स मात्र भनेको हुँ ।

 

० योभन्दा यति लामो ग्रहण लागेको थिएन ?
– धेरै अगाडि लागेका थिए, तर विगत १०–१२ वर्षयता सबैभन्दा लामो ग्रहण हो । यसपछि आउने चन्द्रग्रहण १ सय ५ वर्षपछि मात्र हेर्न पाइन्छ । अर्थात्, यति लामो ग्रहण सन् २१२३ मा मात्र देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...