शिखमा लघुजलविद्युत परियोजना निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ । पर्यटकीयस्थलमा सञ्चालित सामुदायिक होटल तथा लजमा विद्युत आपूर्तिका लागि सामाजिक अभियन्ता महावीर पुनको पहल, स्थानीयवासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमताको परियोजना निर्माण भएको हो