चिनीको मूल्य ८० रुपैयाँ, एक सय पुग्ने अनुमान, दैनिक ७० लाखको लुट
दशैंको मौका छोपेर चिनी उद्योगी तथा व्यवसायीहरूले चिनीमा दैनिक ७० लाख रुपैयाँभन्दा बढी लुटिरहेका छन्। चिनी उद्योगी तथा व्यवसायीहरूको दबाबमा सरकार पर्नुका साथै उनीहरूको मनोमानी रोक्न नसक्दा अहिले विश्वबजारमा चिनीको मूल्य घटे पनि नेपाली बजारमा भने आकासिएको छ।