निर्मलाको हत्यारा निर्धक्क घुमिरहदा सरकार कानमा तेल हालेर सुतेको भन्दै कैलालीका विद्यार्थी सडकमा



 

 सुदुरपश्चिमको कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ताा लगाउन सकेको छैन । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका छन ।

 

हत्यामा संलग्नलाई कारबाहिको साटो सरकार अपराधी बचाउमा लागीरहेको भन्दै दोषिलाई कारबाहिको माग सहित लम्कीचुहा नगरपालिका अन्तरगत बिभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पुर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करीब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।

 

विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् ।

 

सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तीवाट आईरहेका अभिव्यक्तीले निर्मला पन्तका हत्यारा प्रक्राउ हुनेमा आफुहरु विश्वस्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

पछिल्लो समय वढ्दै गरेका वलात्कार र हत्याका श्रृङ्खलाले आफुहरुको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको भन्दै सरकारले गरिब जनतामाथि अन्याय गरेको वताएए । आफुहरुको एक मात्र चाहा निर्मला पन्त र उनि जस्तै वलात्कार भएका चेलीहरुले न्याय पाउनु पर्ने भन्दै उनिहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

 

हत्यार आफ्नै वरिपरी निर्धक्क घुमिरहेको भए पनी सरकार कानमा तेल हालेर सुतिरहेकोले सरकारको नेतृत्व गर्ने माथि नै गम्भीर शंका उत्पन्न भएको वालिकाहरुको भनाई थियो । सरकारको यस्तो कदमले देशमा सरकार छ की छैन भन्ने अभाष भएको वलीकाहरुको भनाई थियो ।

 

यस्ता गतिविधिले आफुहरुले समाजमा शिर निहुराएर हिडिरहनु परेको भन्दै यसको अन्त्यका लागी  कुनै पनी हालतमा निर्मला पन्तका हत्यारा लाई कारबाहि गरेरै छाड्नु पर्ने उनिहरुको भनाई रहेको छ ।

 

निर्मलाका पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य वलात्कार र हत्या का घटना वढीरहेको भन्दै यसले अपराधीलाई थप प्रोत्साहान मिलिरहेको वलिकाहरुको भनाई थियो ।

 

निर्मला पन्तको वलात्कारपछी हत्या भएको ६४ दिन वितिसक्दा पनी सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । घटनको अनुसन्धान गरीरहेको प्रहरीले समेत हत्याकाण्डको ठोस प्रमाण अहिले सम्म फेरा नपरेको  र अनुसन्धान जारी रहेको वताउदै आएको छ ।  हत्यारालाई तत्काल प्रक्राउ गरी कारबाहि गर्न माग गर्दे देश व्यापी आन्दोलन भइरहेको छ ।

 

शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न– राज्यमन्त्री यादव

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने बताउनुभएको छ ।

विश्व मुटुरोग दिवसको अवसरमा आज भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने दाबी गर्दै यसलाई जिल्लामै राख्नुपर्ने बताउनुभयो ।

देशको २४ सय वडामा कुनै पनि स्वास्थ्य संस्था नरहेकाले अब ती वडामा स्वास्थ्य संस्था सञ्चालन गर्न सरकार लागिरहेको बताउँदै कुनै पनि संस्था सञ्चालन गर्न जागिरे मानसिकता त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

देशमा ८० प्रतिशत जनता गाउँमा रहेको तर गाउँमा १० प्रतिशत डाक्टर पनि नजाने गरेको बताउँदै राज्यमन्त्री यादवले यस केन्द्रका लागि भने आवश्यक डाक्टर पठाउन पहल गर्ने बताउनुभयो ।

मुटु रोग, क्यान्सर, मिर्गौला, कलेजोजस्ता विभिन्न रोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले धूमपान र मद्यपानको सेवन गर्ने शिक्षित व्यक्तिको सङ्ख्या बढ्नु थप चिन्ताको विषय रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले यस अस्पतालमा अहिले मिर्गौला डायोलोसिसका लागि ६००, मिर्गौला प्रत्यारोपणका लागि ४०० र कलोजो प्रत्यारोपणका लागि १८ जना बिरामी पालो कुरेर बसेको बताउनुभयो ।

बिरामीको अत्यधिक चाप बढे पनि जनशक्ति र ठाउँको अभावका कारण बिरामीलाई पालो कुराउनु पर्ने अवस्था आएको बताउँदै उहाँले सरकारले ठाउँ र आवश्यक जनशक्ति उपलब्ध गराए अहिलेको भन्दा तेब्बर सेवा दिन सकिने बताउनुभयो ।

मुटुको ओपन हार्ट सर्जरीसहितको २४ घण्टे मुटु उपचार सेवा सञ्चालन गर्न सक्ने उच्च प्रविधिको उपकरण केन्द्रसँग रहे पनि आवश्यक चिकित्सक नहुँदा मुटुरोग उपचार सेवा २४ घण्टा सञ्चालन गर्न नसकिएको उहाँको भनाइ थियो । उहाँले सरकारसँग २४ सँै घण्टा मुटु रोग उपचार गर्न सक्ने गरी जनशक्ति र ठाउँ प्रदान गर्न माग गर्नुभयो ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा मोहनदेव भण्डारीले कोटेश्वरबाट पूर्व दैनिक हुने घण्टाँै जामले धेरै मुटु रोगी बिरामीको ज्यान लिएको बताउँदै पूर्वका बासिन्दाका लागि नजिक एवं सहज सेवा पाउने गरी यस केन्द्रमा मुटुको २४ घण्टे उपचार सेवा सञ्चालन गर्नु अति आवश्यक रहेको बताउनुभयो । केन्द्रले अहिले दैनिक मुटु रोग परीक्षणसँगै क्याथ ल्याब सेवा पनि सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा सम्पूणमान तुलाधर, अन्तर्राष्ट्रिय क्षेत्रका डा एलि मियूलियर, केन्द्रका नर्सिङ इञ्चार्ज दुर्गा श्रेष्ठ, क्याथ ल्याब सेवाका नर्स सञ्चिता दुलाललगायतले केन्द्रमा रु २० करोडभन्दा बढीको सुविधा सम्पन्न उपकरणलाई जनशक्ति अभावमा नियमित प्रयोगमा ल्याउन नसकेको बताउँदै नेपालमै नभएका अत्याधुनिक उपकरणलाई प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्था गरिदिन सरकारसँग आह्वान गर्नुभयो ।

कार्यक्रममा केन्द्रको मुटु सेवामा सहयोग पु¥याउने शहीद गङ्गालाल हृदयरोग केन्द्रमा विशेषज्ञ डा राजीवराज भण्डारी र केन्द्रकी पूर्व नर्सिङ इञ्चार्ज इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्