शुरु भो बक्स अफिस अब निर्माता र हलवाला भन्दा राज्यलाई बढ्ता नाफा
असार ३२ गते सूचना, संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली चलचित्रको इतिहासमै पहिलोपटक लागू भएको ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरे । राजधानीका २० वटा हलबाट सुरु भएको बक्स अफिस प्रणालीलाई देशभरका हलमा विस्तार गर्ने मन्त्री बास्कोटाले बताएका थिए ।