डलरको भाउ ११० रुपैयाँ पुग्यो झन कमजोर बन्दै नेपाली मुद्रा



हाम्रो इकोनोमि

पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेको छ । राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।

यसअघि बिहीबार अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरिएको थियो भने बिक्रीदर १ सय १० रुपैयाँ १० पैसा रहेको थियो ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर भएको हो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकारात्मक असर पर्न सक्ने अर्थविद्हरुले बताउदै आएका छन् । डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महंगो हुन पुग्छन् ।

नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि अमेरिकी डलरको तुलनामा भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्ने विज्ञहरु बताउछन् । तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कयौंले विदेशमा कमाएको पैसा विदेशी मुऽामा नेपाल पठाउँछन् । डलरको भाउ बढ्दा उनीहरुले नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...