नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो
रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ ।