आफैं ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान



 

 

संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । अनुमोदन हुने  निश्चित भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए । पाण्डेले निवेदनमा निर्वाचन आयुक्त बन्ने हौसला र इच्छा समाप्त भएको उल्लेख गरेका छन् । आज बिहान बोलाइएको संसदीय सुनवाइको बैठक बेलुकालाई सारेर बेलुका बैठक बस्नुअघि यो विवादको ‘सेफल्यान्डिङ’ गर्न नेताहरू जुटेका थिए । प्रधानले नाम फिर्ता लिएको जानकारीसहितको निवेदन समितिमा दिएको बताइएको छ । प्रधानविरुद्ध यौन शोषणसँग सम्बन्धित चारवटा उजुरी परेका थिए । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ । उनीहरूको कुरा सुनिसकेपछि प्रधानलाई निर्वाचन आयुक्त बनाउन नहुने ठहरमा समितिका सबैजसो सदस्यहरू पुगेको स्रोतले बतायो । संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति संसदीय समितिबाट ठाडै अस्वीकृत हुँदा त्यसले संवैधानिक परिषदमाथि नै गम्भीर प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरूले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने उपाय खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका