आफैं ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान



हाम्रो इकोनोमि

 

 

संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । अनुमोदन हुने  निश्चित भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए । पाण्डेले निवेदनमा निर्वाचन आयुक्त बन्ने हौसला र इच्छा समाप्त भएको उल्लेख गरेका छन् । आज बिहान बोलाइएको संसदीय सुनवाइको बैठक बेलुकालाई सारेर बेलुका बैठक बस्नुअघि यो विवादको ‘सेफल्यान्डिङ’ गर्न नेताहरू जुटेका थिए । प्रधानले नाम फिर्ता लिएको जानकारीसहितको निवेदन समितिमा दिएको बताइएको छ । प्रधानविरुद्ध यौन शोषणसँग सम्बन्धित चारवटा उजुरी परेका थिए । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ । उनीहरूको कुरा सुनिसकेपछि प्रधानलाई निर्वाचन आयुक्त बनाउन नहुने ठहरमा समितिका सबैजसो सदस्यहरू पुगेको स्रोतले बतायो । संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति संसदीय समितिबाट ठाडै अस्वीकृत हुँदा त्यसले संवैधानिक परिषदमाथि नै गम्भीर प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरूले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने उपाय खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...