एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन् । बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् । कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन् । यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे । सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...