बागमतीका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिने



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए । १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसबाट थप एक मन्त्री थप गरिएको छ । मदुकुमार श्रेष्ठ विना विभागीय मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...