मुख्य खबर

नेपालमा १ हजारभन्दा बढी भारतीय तीर्थयात्री अलपत्र, स्वराजद्वारा नेपाल सरकारलाई उद्धारका लागि आग्रह

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालमा भारी वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् । मन्त्री सुष्माका अनुसार सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेका छन् ।