धुर्मुस सुन्तलीले बच्चा भर्ना गराएको स्कुल यसरी भयो गोठमा परिणत



हाम्रो इकोनोमि

 

 

 

कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीले विद्यालय भर्ना गरेको महोत्तरीको गौशाला नगरपालिका-७ फुलकाहा मनहर्वाको स्कुल गाईगोठमा परिणत भएको छ। मुसहरबस्तीका मुसहर बालबालिका मनहर्वाको नेपाल राष्ट्रिय जनजाती आधारभूत विद्यालयमा भर्ना भए पनि पढ्न पाएका छैनन्।

शिक्षकको कमी, कक्षा कोठाको अभावले गर्दा बालबालिका पढ्न नपाएका हुन्। अझ पछिल्लो समय विद्यालय क्षेत्र गोठमा परिणत भएको छ। विद्यालय क्षेत्रको १६ कठ्ठा जग्गा अतिक्रम गरेर स्थानीयले टायर गाडा राख्ने, गाई भैंसी बाध्ने गोठ बनाएका हुन्।

गत वैशाख १३ गते विद्यालय पुगेर सुन्तलीले पुस्तौंदेखि विद्यालय जानबाट वञ्चित रहेका १ सय २५ मुसहर बालबालिकालाई शैक्षिक समाग्री वितरण गर्दै विद्यालयमा भर्ना गरेका थिए। अहिले विद्यालयमा दुई सय २५ विद्यार्थी छन्।

विद्यालय भर्ना समारोहमा गौशाला नगरपालिका मेयर शिवनाथ महतोले विद्यालयको भौतिक पूर्वाधार, शिक्षक व्यवस्थान गर्ने वाचा गरेका थिए। तर उनको बोली हावामा उड्यो काम केही भएन।

शिक्षाबाट वञ्चित रहेको मुसहर समुदायका अधिकांश बालबालिका पढ्ने विद्यालयप्रति नगरपािलकाले ध्यान नदिँदा विद्यालय गएका बालबािलका पढ्न नपाएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल निर्वाचित भएको महोत्तरी क्षेत्र नम्बर-१ मा यो विद्यालय पर्दछ।  प्रदेश सांसद भरत साह र उनकी पत्नी प्रतिनिधिसभा सदस्य  दिलकुमारी साहको गृह गाउँको  स्कुलको अवस्था दुःख लाग्दो छ। ६ बर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यही क्षेत्रको मुसहर बस्तीमा बस बस्न पुगेका थिए।

विद्यालयमा जम्मा दुईजना शिक्षक छन्। राहत कोटामा एक र अर्को एकजना बालविकास कोटाका हुन्।  विद्यालयकी प्रधानाध्यापक द्रौपदीदेवी यादवका अनुसार, विद्यालयमा बच्चा छन्। तर, विद्यार्थी खेल्ने खेल मैदान गाई गोठ बनाइएको छ। विद्यालयमा शौचालय र खानेपानी पनि छैन।
गौशाला नगरपालिका-७ का वडा अध्यक्ष विष्णुदेव सिंह बजेट नभएको गुनासो गर्छन्।

आर्थिक बर्ष २०७५-०७६ को गौशाला नगरपालिकाको बजेटबाट  विद्यालयको पर्खालको लागि  १० लाख छुट्याएको छ।

यता धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा हास्यकलाकार सीतारम कट्टेल (धुर्मुस)ले मुसहर बच्चालाई पढाउन निरन्तर पहल गरिहरेको बताए। ‘हामीले अहिले बच्चालाई स्कुल पोसाक वितरणतर्फ केन्द्रित भएका छौं,’ उनले भने, ‘गरिब बालबालिकाहरुलाई पढाउन सबैले सहयोगको मैले अपेक्षा गरेका छु।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...