बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने : उद्योग मन्त्री



हाम्रो इकोनोमि

 

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाउनुभयो ।

हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका सबै क्रियाकलापलाई एकीकृत र समन्वयात्मक रुपमा गरी अघि बढाइरहेको जानकारी गराउँदै मन्त्री यादवले संविधानअनुसार जनतालाई खाद्य आपूर्तिको अधिकार दिलाउन मन्त्रालयले कानून संशोधनको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।

फरक प्रशंगमा उहाँले मन्त्रालयको अनुगमनमा वीरगञ्जको निम्बस उद्योगले नेपालमै उत्पादन गर्ने स्वीकृत लिए पनि तोरीको तेल विदेशबाट ल्याएर बिक्री गर्ने गरेको तथ्य फेला परेको जानकारी गराउँदै भन्नुभयो, “हाल उक्त उद्योग शिल गरी सञ्चालकलाई बयानका लागि बोलाउने तयारीमा छाँै ।”

मन्त्री यादवले भन्नुभयो, “अनुगमन गर्दा उद्योगमा तोरी भेटिएन, कर्मचारीलाई सोध्दा दोहोरो र अस्पष्ट कुरा आयो, अब हामी सो उद्योगका उत्पादन बजारबाट समेत नमूना सङ्कलन गरी आवश्यक जाँच गर्नेछौँ, कम गुणस्तरको तेल उत्पादन गर्नेलाई कारवाही हुन्छ ।”

बजारलाई नियमित बनाउन अनुगमनलाई निरन्तरता दिएको र गैरकानूनी काम गर्नेलाई कारवाही गरिएको बताउँदै मन्त्री यादवले कुनै पनि उद्योगले कबोल गरेको शर्तअनुसार उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो । आवश्यक कानूनको अभावमा बजारमा आपूर्ति व्यवस्थामा गैरकानूनी काम गर्नेलाई प्रभावकारी कारवाही गर्न नसकिएको उहाँको स्वीकारोक्ति थियो ।

उद्योग र व्यापार प्रवद्र्धनका लागि समेत मन्त्रालयले आवश्यक काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाली वस्तु निर्यातमा भने चुनौती रहेको छ, हामीले विदेशमा माग भएबमोजिम गुणस्तर र परिणामको उत्पादन गर्न सकिरहेका छैनौँ ।”

मन्त्री यादवले सिमेन्ट र औषधिमा आत्मनिर्भर बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल गरी आवश्यक काम गरिहेको बताउँदै बन्द सरकारी उद्योग पुनःसञ्चालन गर्न आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो । ९श्रव्य सामग्री उपलब्ध छ०

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...