मुख्य खबर

बाढीमा बग्यो गेर्खुको पुल, पासाङल्हामु राजमार्ग ठप्प

  गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन