मुख्य खबर

टेलिकमकी एमडी कामिनीलाई हटाउने सरकारको निर्णय अदालतबाट सदर, नयाँ एमडीको खोजी सुरु

  नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउन सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।   सरकारले पदबाट बर्खास्त गरेपछि न्याया खोज्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी राजभण्डारीको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सरकारकै निर्णयलाई सदर गरेको हो ।