अस्पतालबाटै प्रधानमन्त्रीको वक्तव्य : आधारहीन प्रचारबारे जानकार छु



हाम्रो इकोनोमि

 

शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।

ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् ।

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् ।
अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने उनले बताएका छन् ।

चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...