म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा ३५ जना घाइते भएका छन् । शनिबार दिउँसो देशको दक्षिणी शान राज्यको मो बाइ गाउँमा रहेको एक विवाह समारोह स्थलमा भएको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ३५ जना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन् ।

म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी) का अनुसार यसअघि बिहीबार मध्य म्यानमारको मागवे क्षेत्रको इन योन गाउँमा रहेको एक विद्यालयमा हवाई आक्रमण भएको थियो । उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको थियो । म्यानमारको सैन्य नेतृत्वको सरकारले यी आक्रमणहरूबारे कुनै टिप्पणी गरेको छैन ।

सेनाले शनिबार साँझ पश्चिमी म्यानमारको राखिन राज्यको म्रौक-यू शहरमा पनि हवाई आक्रमण गरेको थियो । स्थानीय समय अनुसार राति शहरको एक आवासीय क्षेत्रमा बम विस्फोट भएको थियो। रिपोर्टहरूले आक्रमणमा १० भन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब २० जना घाइते भएको संकेत गरेको छ ।

यो क्षेत्र देशको सैन्य शासन विरुद्ध लड्ने सबैभन्दा बलियो विद्रोही सेनाहरू मध्ये एक, अरकान आर्मी (एए) द्वारा नियन्त्रित छ । २०२१ मा पूर्व नेत्री आङ सान सुकीको नेतृत्वमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरी देशलाई लामो गृहयुद्धमा फसाएको सैन्य विद्रोहपछि देशभरि लगभग दैनिक सैन्य हवाई आक्रमणहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आजदेखि मुग्लिन नारायणगढ सडकमा दैनिक ५ घण्टा आवागमन बन्द

    आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ...

कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...

सरकारको चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड साँवा-ब्याज भुक्तानीमै खर्च

    सरकारले सार्वजनिक ऋण परिचालन गरेर प्राप्त गर्ने स्रोतको ठूलो हिस्सा पुरानै...

तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...