सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन् । नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।


